
भूमिराज खड्का
२०४८ सालमा सुन्दर पर्यटकीय नगरी जिरीमा तत्कालीन फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट शुरुवात भएको यस सहकारीको यात्रामा २०७१ सालमा ९ वटा सहकारी र त्यसपछि विभिन्न समयमा ७ वटा गरी १६ वटा सहकारी एउटै परिवारमा एकीकृत भई अनवरत रुपमा सदस्य र समुदायको हितमा अघि बढिरहेको छ । समुदायको आर्थिक उन्नति र सदस्यको जीवनस्तर उकास्न गुणस्तरीय सेवा दिने दिगो, प्रतिस्पर्धी र उत्कृष्ट वित्तीय सहकारी बनाउने सपनाका साथ विभिन्न स्तरिकरणका कार्यक्रममा आवद्ध रही समय सापेक्ष र सदस्यको आवश्यकता बमोजिमको सेवा सुविधाहरु प्रदान गर्दै संस्थाले विभिन्न स्थानीय, जिल्लास्तरीय र राष्ट्रिय पुरस्कार, सम्मान तथा ब्राण्ड समेत प्राप्त गर्न सफल भएको छ । यस्ता उपलब्धीलाई जोगाई संस्थाको छविलाई अझ बढाउन सहकारीका मुल्य र मान्यता एवं सिद्धान्त बमोजिम नीति, विधि र प्रविधिमा आधारित रहेर संस्था सञ्चालन गर्दै सदस्यहरुको चौतर्फी हित र साझा विकासको लागि सदैव लागि पर्ने प्रतिवद्धता प्रकट गर्दछु । हाल सहकारी अभियानमा देखिएका चुनौतीलाई सामना गर्दै सञ्चालक, लेखा, उपसमिति, कर्मचारी, सदस्य र सरोकारवालाहरु विच उचित समन्वय र सम्बन्ध स्थापित गरी सदैव सदस्यले ढुक्कका साथ कारोबार गर्नसक्ने संस्थाको रुपमा स्थापित गराउन म तन, मन र बचनले कटिबद्ध रहेको छु र रहनेछु ।
धन्यवाद ।